धरान: मंसिर ४ गतेको निर्वाचनमा दुई जना भूपू लाहुरे पनि उम्मेद्वार छन् । कर्णेल विजयकुमार राईले सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारी दिएका छन् भने सार्जेन्ट विन्द्रमान राईले प्रदेशसभा १ (ख)बाट उम्मेद्वारी दिएका छन् । कर्णेल राईको चुनाव चिह्न छत्रे टोपी छ । सार्जेन्ट राईको चिह्न विजुलीको चिम छ ।

स्वतन्त्र उम्मेद्वार बनेर राजनीतिमा होमिएका उनीहरुको आज (शनिबार) धरानको भानुचोकमा आमसभा रहेको थियो । सभालाई सम्बोधन गर्दै उम्मेद्वार कर्णेल राईले गएको स्थानीय चुनावमा हर्क साम्पाङलाई जिताएर परिवर्तनको बिउ रोपेको र यो देशको लागि आवश्यक भएको बताए । विगतमा दुई तिहाई बहुमत दिएर जिताएको पार्टीहरुले पद, कुर्सी र पैसाको लागि जनमतको अपमान गरेको भन्दै उनले अब मंसिर ४ गते विचार पुर्याएर मातृभुमीको माया गर्ने उम्मेद्वारलाई मात्र भोट दिन अपिल गरे ।

lahure1

उम्मेद्वार राईले प्राकृतिक स्रोतले धनी देश भएपनि गलत राजनीतिक नेतृत्वले नेपाललाई मगन्ते बनाएको तर जनताले फेरि तिनै नेताहरुलाई जिताएर आफुमाथि राज गर्न दिएको धारणा राखे । ‘नेताहरुले मगन्ते देश बनाएको छ, तर उनीहरुलाई नै पटक पटक भोट दिई जिताएर हामी माथि राज गर्न दिएका छौं,’उलने भने,‘लोकतन्त्रमा जनता सार्वभौम हुन्छ, शक्तिशाली हुन्छ तर हामी शक्तिशाली छौं ? हाम्रो कुरा सुन्छ ? हामीले चाहेको हुन्छ ? एमसिसिको विरोध र आन्दोलन हुदाँहुदै पनि नेताहरु मिलेर लागु गरिछाड्यो ।’ उनले उम्मेद्वारहरुमध्ये कसको पृष्ठभुमी के छ, त्यो बुझेर मात्र भोट दिन पनि अपिल गरे । 

प्रदेशसभा सदस्य उम्मेदवार सार्जेन्ट राईले मंसिर ४ गते पछि गठबन्धनका दलहरु तितरबितर हुने भन्दै त्यस्ता पार्टीहरुलाई भोट नदिन आग्रह गरे । भूपू लाहुरेहरुले आफ्नो घर मात्र नबनाएको भन्दै उनले देशको अर्थतन्त्रमा पनि टेवा पुर्याएको बताए । परिआएको खण्डमा देशलाई पनि टेवा दिएको उनको भनाई थियो । 

भिडियो:

भिडियो :