धरान: मंसिर ४ गतेको निर्वाचनमा हर्क साम्पाङ समुह भनेर चिनिएका स्वतन्त्र उम्मेद्वारहरु तर्कबहादुर मगर, समिर तामाङ र हेमचन्द्र राईको आइतबार भानुचोकमा चुनावी सभा थियो ।

मगर सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा उम्मेद्वार हुन् भने तामाङ प्रदेशसभा १(१) बाट उम्मेद्वार छन् । यस्तै, राई प्रदेशसभा १ (२) बाट उम्मेद्वार छन् । यिनै उम्मेद्वाहरुले चुनावी सभा गर्दा आइतबार फरकशैलीबाट गरे । अरु राजनीतिक दलका उम्मेद्वारहरुले नारा जुलुस, र्यालीसहित भानुचोकमा आमसभा गर्छन् । तर, यी उम्मेद्वाहरुले आफ्ना समर्थकहरुको साथमा भानुचोक पुग्ने सडक सरसफाई गरे । छाताचोकदेखि भानुचोकसम्म, सदन स्कुलदेखि भानुचोकसम्म र पुतलीलाइन पनि सफा गरेका थिए । यस्तै, भानुचोकस्थित सार्वजनिक शौचालय पनि उनीहरुले सफाइ गरे ।

hark1

सफाई कार्यक्रम पनि शुरु भएको सभालाई सम्बोधन गर्दै उम्मेद्वार वक्ता तथा अतिथि वक्ताहरुले राजनीतिक दलहरुले जनताको आवश्यकता, चाहना बुझ्न नसकेको र आश्वासनमात्र बाँडेर जनता झुक्याइरहेको कारण स्वतन्त्रहरु राजनीतिमा आउनुपरेको बताए । उनीहरुले राजनीतिक दल र तिनका नेताहरु देशको विकास, जनताको समस्या हल गर्न केन्द्रीत नभै कुशासन, भ्रष्टचारमा चुलुम्म डुबेको भन्दै अब स्थानीय निर्वाचनमा जस्तै प्रतिनिधिसभा र प्रदेशसभामा पनि स्वतन्त्रलाई जिताउन आग्रह गरे । उम्मेद्वाहरुले आफुहरु भ्रष्टचार नगर्ने प्रतिवद्धता जनाउदै जनताको पक्षमा हरदम रहने, जनतासँगै रहने र जनतासँग छलफल गरेर नीति, योजना बनाउने बताए। 

hark

भिडियो:

भिडियो: