धरान: अनेक बखेडाको कारण ढिला गरि सुनसरी क्षेत्र नं १ को मतगणना कार्य शुरु भएको छ । 

सर्वपक्षीय बैठकले दिउँसो १ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेपनि तीन घण्टा ढिला गरि ४ बजेदेखि गणना कार्य शुरु भएको हो । अहिले सभागृहमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना कार्य शुरु भएको छ भने प्रदेशसभाको गणना गर्ने तयारी पनि भइरहेको निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले जानकारी दिए । 

matganana

निर्वाचन कार्यालयका अनुसार अहिले वडा नं १ को सबै ४ वटै मतपेटिका खोलिएको छ । बिहान अलग अलग वडाको मतपेटिकाहरु मिसाएर गणना गर्ने सहमति भएपनि लोकतान्त्रिक वाम गठबन्धनले अस्वीकार गरेपछि अलग अलग नै मतपत्र गणना गर्ने सहमति जुटाएर गणना अघि बढाइएको हो । सुनसरी १ को प्रतिनिधिसभा प्रत्यक्ष, प्रतिनिधिसभा समानुपातिक, प्रदेशसभा प्रत्यक्ष र प्रदेशसभा समानुपातिकको मतगणना एकैपटक शुरु गर्ने निर्णय अनुसार नै गणना कार्य अघि बढ्ने अधिकृत अर्यालले बताए । 

भिडियो: