धरान: सुनसरी क्षेत्र नं १ को पछिल्लो मतगणनाको परिणाम अनुसार लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार मुक्सामहामङ मेन्याङ्बो (मुकेश)ले अग्रता लिएका छन् । 

धरानको वडा नं १, २, ३ र ४ को कुल ६४३६ मतगणना सकिदा माओवादीका उम्मेद्वार मेन्याङ्बोले १२२२ मत ल्याएर अग्रता हासिल गरेका छन् । उनलाई एमाले जसपाका उम्मेद्वार अशोककुमार राईले ११२२ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै, खरायो चुनाव चिह्नका स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले १०९१, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन)ले १०९० र राप्रपाका उम्मेद्वार अशोक राई (अविरल) ले १००४ मत ल्याएका छन् ।

यस्तै, पानीको जार चुनाव चिह्न भएका स्वतन्त्र उम्मेद्वार तर्कबहादुर मगरले १५० मत पाएका छन् भने घण्टाघर चुनाव चिह्न भएका स्वतन्त्र उम्मेद्वार कुमार कार्कीले १२९, सुर्यमुखी फुल चुनाव चिह्न भएका मातृका भट्टराईले ११९ मत पाएका छन् । 

प्रदेशसभा १ (क) मा कांग्रेसका उम्मेद्वार अगाडि

प्रदेशसभा तर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार कांग्रेसका उमेश थापाले अग्रता लिएका छन् । हालसम्म ७५१६ मत गणना हुँदा थापाले २१९५ मत पाएका छन् । उनलाई राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठले २१८१ मत ल्याएर पछ्याइरहेका छन् भने एमालेका उम्मेद्वार रमेश बस्नेतले १९७९ मत पाएका छन् ।

यस्तै, हर्क साम्पाङ समुहका लालटिन चुनाव चिह्न भएका समिर तामाङले ४०६ मत पाएका छन् भने हाम्रो नेपाली पार्टीका उम्मेद्वारको १८९ मत, पानीको धारा खगेन्द्र श्रेष्ठको ११० मत रहेको छ । 

sun1,sun1,