धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार मुक्सामहाङ् मेन्याङ्बो (मुकेश)ले अग्रता कायमै राखेका छन् । 

कुल ७४३६ मत गणना सकिदा मुकेशले एमाले जसपाका उम्मेद्वार अशोककुमार राईलाई २१४ मतअन्तरले पछि पारेका छन् । मुकेशले १५५५ मत प्राप्त गरेका छन् भने राईले १३४१ मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)ले १२८८ मत पाएकी छिन् भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले १०५६ मत पाएका छन् । खरायो चुनाव चिह्न भएका स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ११५४ मत पाएका छन् । हर्क साम्पाङ समुह स्वतन्त्र उम्मेद्वार तर्क मगरले २०९ मत पाएका छन् । 

res