धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (क) मा एमाले उम्मेद्वार रमेश बस्नेतले अग्रता झनै बढाएका छन् ।

प्रदेशसभा १ (क)तर्फ २८ हजार ८१ मत गणना सकिदा एमालेका उम्मेद्वार बस्नेतले नेपाली कांग्रेसका उमेश बस्तेतलाई ११०५ मतले पछाडि छोडेका छन् । बस्नेतले ८ हजार ८२ मत ल्याएका छन् भने थापाले ६ हजार ९७७ मत पाएका छन् । तेस्रो स्थानमा राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठ (मकै)ले ६ हजार ३९० मत पाएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेद्वार समिर तामाङले २ हजार ६०४, हाम्रो नेपाली पार्टीका विजय कालिकोटेले ८१९, खगेन्द्र श्रेष्ठले ७५८ मत पाएका छन् । 

prades-1