धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (क) मा नेकपा एमालेका उम्मेद्वार रमेश कुमार बस्नेतले मतान्तर बढाउदै लगेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धरानका अुनसार १९ हजार ७७९ मत गणना सकिदा बस्नेतले नेपाली कांग्रेसका उम्मेद्वार उमेश थापालाई ७९० मतले पछाडि छोडेका छन् । बस्नेतले ५९९८ मत पाएका छन् भने कांग्रेसका थापाले ५२०८ मत पाएका छन् । 

यसैगरि, राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठ (मकै)ले ४०८० मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार समिर तामाङले १५३९ मत प्राप्त गरेका छन् ।