धरान: सुनसरी क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर झनै बढाएको छ । 

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार हालसम्म २७ हजार ९७८ मतगणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन)ले एमाले जसपाका उम्मेद्वार अशोककुमार राईलाई ६९५ मतले पछि पारेका छन् । तामाङले ५४५४ मत प्राप्त गरेका छन् भने राईले ४७५९ मत पाएका छन् ।

भिडियो :

यसैगरि, गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले ४६०४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ३८९३ मत पाएका छन् भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले ३०९६ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेद्वार मातृकाप्रसाद भट्टराईले १४१८ मत पाएका छन् भने तर्कबहादुर मगरले १३१६ मत पाएका छन् ।

re2

re3