धरान ः सुनसरी क्षेत्र नं १ को प्रदेशसभा १ (क) तर्फ बिहिबार राती १० बजेसम्म ३२ हजार १४ मतगणना सकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय धरानले राती १० बजे सार्वजनिक गरेको नतिजा अनुसार नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेतले अग्रता कायमै राखेका छन् । उनले कांग्रेसका उम्मेद्वार उमेश थापालाई १०४४ मतले पछि पारेका छन् । बस्नेतले ९०४२ मत पाएका छन् भने थापाले ७९९८ मत पाएका छन् । 

यसैरि राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठ (मकै)ले ७३७३ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार समिर तामाङले ३०३१ मत पाएका छन् भने लौरो ९४८ र पानीको धाराले ८५३ मत पाएको छ ।