धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (ख) तर्फ नेकपा एमालेका उम्मेद्वार विजयकुमार राईले शुरुवाती अग्रता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धरानले प्रदेशसभा १ (ख) तर्फको पहिलो वडा ११ को ५२५ मतगणनाको नतिजा सार्वजनिक गर्दा १५३ मत ल्याएर शुरुवाती अग्रता लिएका हुन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अनिश ढकालले ८६ मत ल्याएर पछ्याइरहेका छन् । 

यस्तै, स्वतन्त्र उम्मेद्वार हेमचन्द्र राई (लालटिन)ले ७९, क्यालकुलेटर चुनाव चिह्न भएका स्वतन्त्र रोहित सुब्बाले ६२, नेकपा एकीकृत समाजवादीका रेवतीरमण राईले ५९ मत ल्याएका छन् ।