धरान: सुनसरी प्रदेशसभा १ (१) बाट नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेत विजयी भएका छन् । 

उनले नेपाली कांग्रेसका उम्मेद्वार उमेश थापालाई १३५० मतान्तरले हराउदै प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । बस्नेतले १११०२ मत पाएका छन् भने थापाले ९७५२ मत ल्याएका छन् । 

निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं १ का अनुसार प्रदेशसभा १(१) तर्फ कुल ३९ हजार ७२६ मत खसेको थियो । त्यसमध्ये ३७ हजार ९४२ मत सदर भएको थियो भने १७९४ मत वदर भएको निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले जानकारी दिए । प्रदेशसभातर्फ राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठ (मकै)ले ८ हजार ३६३ मत पाएका छन् भने स्वतन्त्र उम्मेद्वार समिर तामाङले ४ हजार ४६३ मत पाएका छन् । 

प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्छु: बस्नेत

ramesh

प्रदेशसभा सदस्यमा निवार्चित बस्नेतले आफ्नो क्षेत्रको विकासको लागि स्थानीय सरकार र प्रदेश सरकारबीच समन्वय, सहकार्य गर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दे बस्नेतले आफु जनताको बीचमा नै रहने र निरन्तर समस्याहरुको समाधान गर्न लागिपर्ने पनि बताए । 

भिडियो:

final