धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ ५२ हजार २१ मतगणना सकिएको छ । 

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन)ले १० हजार ७६४ मत ल्याएकी छिन् । उनी भन्दा पछि एमाले–जसपाका उम्मेद्वार अशोक कुमार राईले ९ हनजार ५५६ मत ल्याएका छन् । रास्वपकी उम्मेद्वार तामाङले जसपाका राईलाई १२०८ मतले पछि पारेकी छिन् । 

तेस्रो स्थानमा गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोको मत ८ हजार १२६ मत रहेको छ । स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोको मत ६ हजार २९६ मत पाएका छन् भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल) ले ५ हजार १८८ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेद्वार मातृकाप्रसाद भट्टराईले १५७१ मत र तर्कबहादुर मगरले ३३६३ मत पाएका छन् ।

प्रदेशसभा १ (२) मा एमालेको अग्रता कायमै

प्रदेशसभा १ (२) तर्फ १२ हजार २१४ मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका उम्मेद्वार विजयकुमार राईले ३ हजार ४७६ मत ल्याएर अग्रता कायमै राखेका छन् भने उनलाई राप्रपा उम्मेद्वार अनिश ढकालले २ हजार ८२९ मत ल्याएर पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेद्वार हेमचन्द्र राई १७५७ मत रहेको छ भने गठबन्धनबाट नेकपा एसका उम्मेद्वार रेवतीरमण राईले १५२१ मत ल्याएका छन् । नेपाली कांग्रेसका बागी उम्मेद्वार रोहित सुब्बाको मत १०६१ रहेको छ । 

भिडियो: