धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कर्मचारी कल्याण समाजको निर्वाचन पुष २३ गते हुदैछ ।

निर्वाचन नजिकिदै गर्दा समाजको अध्यक्ष पदमा महेश्वर राईले उम्मेद्वारी घोषणा गरेका छन् । उनले आज (आइतबार) बिहान पत्रकार सम्मेलन गर्दै कर्मचारीहरुको पेशागत हकहित र प्रतिष्ठानको विकासको आफ्नो अध्यक्ष पदमा उम्मेद्वारी रहेको जानकारी दिए । ‘कर्मचारीहरुको हकहितमा आवाज बुलन्द उठाइरहेको छुँ, पदाधिकारीहरुको पनि अधिकार कटौती हुने सम्भावना हुँदा कर्मचारीको प्रतिनिधिको हैसियतमा बोलेको छुँ,’उनले भने,‘कर्मचारीहरुको अधिकारको लागि पेशागत हकहित र प्रतिष्ठानको विकासको लागि काम गर्न सक्छु भनेर उम्मेद्वारी दिएको छुँ ।’

उनले समग्र प्रतिष्ठानको हकहितको लागि व्यवस्थापनसँग सहकार्य गर्ने तर कर्मचारीहरुलाई धोका हुने गरि व्यवस्थापनको पक्षमा नलाग्ने पनि प्रष्ट पारे । उनले पेशागत हकहित, अधिकारको लागि व्यवस्थापनलाई छलफलबाट प्रभावमा पार्ने, दबाब दिने लगायत गतिविधि गर्नुपर्ने भएपनि रचनात्मक सहकार्य र सहयोग मात्र हुने बताए । ‘व्यवस्थापनसँग सहकार्य, छलफल हुन्छ । समाज व्यवस्थापनकै अंग त हो तर घाँटी मात्र जोडिएको हुन्छ । दिमाग र मुटु हुदैन,’उनले भने,‘रचनात्मक सहयषेग व्यवस्थापनलाई हुन्छ । तर प्रष्ट के मा छुँ भने पेशगात हकहितको लागि नै समाजको नेतृत्व निवार्चित हुने हो ।’

mahes-dai

उनले आफु कुनै पनि पार्टीको सदस्यता नभएको र वीपीको कर्मचारी भइञ्जेल कुनै पनि पार्टीको सदस्यता नलिने पनि घोषणा गरे । निर्वाचन समितिले प्यानल घोषणा नगर्ने आचारसंहिता जारी गरेकोले आफ्नो मात्र अध्यक्ष पदमा उम्मेद्वारी रहेको पनि राईले बताए । 

निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक मतदाता संख्या १३२६ जना रहेको छ । प्रतिष्ठानमा २०६२÷०६३ को आन्दोलनपछि तदर्थ समिति गठन भएको थियो । २०६४ र ०६६ मा क्रमशः पहिलो र दोस्रो पटक निर्वाचन भए पनि सिनेटले मान्यता दिएर नियमावली संशोधन भई आधिकारिक समाज बनेपछिको यो पहिलो निर्वाचन हुन लागेको हो । 

भिडियो: