धरान: धरान स्थापना दिवसको अवसरमा पुष २० गते (आज) देखि तीन दिने धरान उत्सव कार्यक्रम हुदैछ । 

दिउँसो १ बजे पब्लिक हाई स्कुलको मैदानमा औपचारिक उद्घाटन समारोह हुने भएपनि पहिलो कार्यक्रम वाकाथन भने आज बिहानै भएको थियो । सेवक अभियानको संयोजन तथा रोटरी क्लब अफ धरान घोपाको सहकार्यमा वाकाथन आयोजना भएको  थियो । भानुचोकबाट बिहान ठिक ७ बजे शुरु भएर श्रम सँस्कृति पार्क हुदै निशाने ट्यांकीसम्म पदयात्रा भएको थियो ।

वाकाथनमा मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रदेश सांसद यशोदा कायस्थ, धरानका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल, मितेरी बैंकका सिईओ तुलसीप्रसाद वस्ती, सुनसरी उद्योग वाणिज्य संघका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

भिडियो:

walk

walk1

walk3

walk2