धरान : धरान स्थापना दिवसको अवसर पारेर बुधबारदेखि तीन दिने धरान डे (धरान उत्सव) मनाइदैछ । 

उत्सवको पहिलो दिन बुधबार (पुष २०) धरान उपमहानगरपालिकाले सार्वजनिक विदा दिएको छ । उपमहानगरपालिकाले आज (मंगलबार) सुचना जारी गर्दै उद्घाटन समारोहका दिन विगतमा झैं सार्वजनिक विदा दिइएको जनाएको छ । पुष ११ गते बसेको कार्यपालिका बैठकले धरान उत्सव उद्घाटन समारोहका दिन सार्वजनिक विदा दिने निर्णय भएको थियो ।

बुधबार धरान उपमहानगरपालिका, मातहतका वडा कार्यालय, स्वास्थ्य कार्यालय र विद्यालयहरु सार्वजनिक विदा दिइएको सुचनामा उल्लेख छ । यस्तै, धरानस्थित सम्पुर्ण सरकारी कार्यालयहरु, क्याम्पसहरु र अन्य कार्यालयहरु पनि एक दिन विदा दिन उपमहानगरपालिकाले अनुरोध गरेको छ । 

धरान उत्सवको तयारी पुरा

dharan-day1

तीन दिन मनाइने धरान उत्सवको तयारी पुरा भएको छ । उत्सव धरान १२ स्थित पब्लिक हाई स्कुलको खेल मैदानमा हुदैछ । मुल आयोजक समितिका सदस्य सचिव भक्तिराज शर्माका अनुसार उत्सवस्थलमा स्टल, मञ्चलगायत तयार भइसकेको छ भने तीन दिनको कार्यक्रम तालिका पनि तयार भइसकेको छ । 

उत्सवको पहिलो दिन बिहानै साढे ६ बजे सेवक अभियानको संयोजनमा वाकाथन कार्यक्रम हुदैछ । भानुचोकदेखि शुरु हुने यो पदयात्रा श्रम सँस्कृति पार्कसम्म हुनेछ । यस्तै, बिहान ७ बजे धरान ७ स्थित स्वर्गीय भुपेन्द्रराज ज्येष्ठ नागरिक पार्कको उद्घाटन पनि धरान उत्सवकै अवसरमा हुनेछ ।

dharan-day3

बिहान ११ बजे उत्सवस्थल पब्लिक हाईस्कुलबाट वृहत झाँकीसहित र्याली निकालिनेछ भने दिउँसो १ बजेदेखि उद्घाटन समारोह आयोजना हुनेछ । यस्ते, दिउँसो ३ बजेदेखि ६ बजेसम्म लोकदोहोरी प्रतियोगिता पनि आयोजना हुने धरान उत्सव मुल आयोजक समितिले जनाएको छ । यसैगरि, हरेक दिन बिहान १० बजेदेखि ४ बजेसम्म स्वास्थ्य सम्बन्धी कार्यक्रम र बेलुका ६ बजेदेखि ९ बजेसम्म साँगीतिक तथा साँस्कृतिक कार्यक्रम हुने पनि आयोजक समितिले जानकारी दिएको छ । 

dharan-day4

dharan-day2