धरान: धरानको बजार क्षेत्रका बासिन्दाहरुले कोशी राजमार्ग अन्तर्गत ६ लेन सडकलाई विस्तार गर्न नदिने अडान राखेका छन् । उनीहरुले उक्त सकड बाइपास गर्न पनि माग गरेका छन् । 

धरान उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको सर्वपक्षीय छलफलमा ६ लेन सडकबाट प्रभावित हुने बजार क्षेत्रका अधिकांश स्थानीय बासिन्दाहरुले सडक विस्तारको विरोध जनाएका हुन् । उनीहरुले ६ लेन सडकलाई सेउती किनारबाट बाइपास गर्न आग्रह गर्दै बषौंदेखि रोक्का राखिएको आफुहरुको घरजग्गा फुकुवा गर्न पनि माग गरेका छन् । कोशी राजमार्ग अन्तर्गतको रानी विराटनगर इटहरी धरान सडक आयोजना धरानको तीनकुनेसम्म आइसके पनि बजार क्षेत्रमा सयौं घर भत्काउनुपर्ने भएपछि काम अघि बढेको छैन । तीनकुनेदेखि जिरोपोइन्टसम्मको ५ किलोमिटर सडक विस्तार यही विवादले अवरुद्ध छ । भानुचोक हुदै ६ लेन सडक लैजादा उपमहानगरपालिकाले स्वीकृत दिएर निर्माण भएको घर तथा भौतिक संरचनाहरु भत्काउन अरबौं क्षतिपूर्ति दिनुपर्ने हुन्छ । 

6-lane-road1

समाजसेवी राजविमल श्रेष्ठले बजारको बीचबाट राजमार्ग लगिएको उदाहरण विश्वमा नभएको भन्दै धरानमा पनि लैजान नहुने बताए । उनले ६ लेन सडकलाई बाइपास गर्नुपर्ने आफुहरुको एक सुत्रिय माग रहेको पनि बताए । विगतमा पनि पटक पटक छलफल हुँदा बाइपास गर्नुपर्छ भनेर स्थानीयबासीहरुले आग्रह गरेपनि निष्कर्षमा पुग्न नसकेको र नगरपालिकाले आतंक मच्चाएको उनले बताए । घर भत्कने भन्ने सन्देश गएपछि भाडा नलागेको, किनबेच ठप्प भएको र निजी सम्पित्ति उपभोग गर्न नपाएको उनले गुनासो पोखे । 

धरान सरोकार समाज काठमाण्डौंंका अध्यक्ष एवं समाजसेवी प्रभु श्रेष्ठले पनि बाइपास गर्नुपर्ने धारणा राख्दै बजारको पक्का घर भत्काउदा धेरै नोक्सानी हुने बताए । सर्दु र सेउती खोला किनारबाट वाइपास गर्न उनले पनि सुझाव दिए । अधिकांश बजार क्षेत्रका वक्ताहरुले सडक विस्तार गर्न जनतालाई उठिबास गर्न नहुने धारणा राख्दै बाइपास गर्नुपर्ने अडान राखे । राजमार्ग हुदा मात्र बजार गुल्जार हुन्छ भन्ने धारणा गलत भएको पुर्वप्राध्यापक लोकेन्द्र आचार्यले बताए । उनले राजमार्गमा गाडीहरु रोकिएर किनमेल नहुने भन्दै सडक बनाउदा मात्र बजारको कारोबार बढ्ने भन्ने भ्रममात्र हुने बताए । अत्यधिक विनास गरेर विकास गर्नु बुद्धिमत्ता नहुने पनि उनले बताए । 

6-lane-road3

छलफलमा ६ लेन सडकबाट प्रभावित नभएका अन्य वडाका बासिन्दाहरुले पनि धारणा राखेका थिए । उनीहरुले भने ६ लेन सडक बजारबाट नै लैजानुपर्ने धारणा राख्दा केहीबेर तनाव पनि भएको थियो । प्रभावित क्षेत्रका बासिन्दाहरुले बाहिरका मान्छे आएर ६ लेन बनाउनुपर्छ भनेर बोलेको भन्दै आक्रोश पोखेका थिए । 

मेयर हर्क साम्पाङले धरानको बजारबाट कोशी राजमार्ग गइरहेकोले त्यो राजमार्ग के गर्ने भनेर आयोजनाले २ पटक पत्र पठाइसकेकोले छलफल गरिएको बताए । उनले आफ्नो वा कार्यपालिकाले मात्र निर्णय गरेर नहुने भएकोले राजनीतिक दल, सरोकारवाला, नागरिक समाज सबैसँग छलफल गर्न आवश्यक ठानेर कार्यक्रम राखिएको बताए । तीनकुनेसम्म ४ लेन आइसकेको र त्यहाँबाट सिधै बजार हुदै लैजाने हो कि बाइपास गर्ने हो, वाइपास गर्दा कताबाट गर्ने भनेर छलफल गरेर उपयुक्त निर्णय लिइने पनि बताए । 

भिडियो:

भिडियो: