धरान: पुष २७ गते बुधबार ३०१ औं पृथ्वी जयन्ती एवं एकता दिवस । नेपाल सरकारले सार्वजनिक विदा दिएको दिन । यही अवसर पारेर बुधबार बिहान धरानको फुस्रेदेखि साँगुरीगढीसम्मको एकीकरण मार्गमा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ ।

फुस्रेबाट चिउरीबास, साँगुरीगढी हुदै धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर जाने पुरानो बाटोलाई नेपाली सेनाले एकीकरण मार्ग नामकरण गरेको छ । सोही एकीकरण मार्गमा बुधबार फुस्रेदेखि साँगुरीगढीसम्म ५ किलोमिटर वृहत पदयात्रा भएको हो । पदयात्रामा नेपाली सेनाको पुर्वीपृतनापति सहदेव खड्का, धरानका मेयर हर्क साम्पाङ, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, जिल्ला समन्वय समिति अध्यक्ष निरेन तामाङ, उपाध्यक्ष सावित्री राईसहित ६ सयभन्दा बढी सहभागीहरु थिए । गढीमा पुगेपछि पृथ्वीनाराण शाहको फोटोमा माल्र्यापण गरिएको थियो भने राष्ट्रिय झण्डा झण्डोत्तलन गरेर सलामी पनि दिइएको थियो । साथै, साँस्कृतिक कार्यक्रम पनि भएको थियोे ।

saguri-hike2

पदयात्रा आयोजक भीमदल गण धनकुटाका गणपति एवं सेनानी सुमन थापाले राष्ट्रिय एकताको भावना जगाउन तथा ऐतिहासिक कुराहरुलाई संर्वद्धन र जर्गेना गर्ने उद्देश्यले आयोजना गरिएको बताए । पृतनापति सहदेव खड्काले ऐतिहासिकस्थल, गढी तथा किल्लाहरुको संरक्षण गर्ने जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएकोले साँगुरीगढीको संरक्षणमा पनि अग्रसर भएको बताए । नेपाली सेनाले राजनीति, विचार र वादको दायराभन्दा माथि बसेर, जात जाति, धर्मभन्दा पर बसेर राष्ट्रिय एकतालाई शिरमा राखेर काम गरिरहेको पनि उनले बताए । 

भोजपुरमा निशान मन्दिर र पालिकासँग समन्वय गरेर सेनाले काम गरेको छ भने विराटनगरमा विराट राजाको दरबार उत्खनन्को काम भएको पृतनापति खड्काले बताए । यस्तै, धनकुटामा निशान मन्दिर र ३ सय बर्ष पुरानो ढुंगे धाराको उत्खनन् र संवद्र्धन गर्न थालेको पनि उनको भनाई थियो । साँगुरीगढीमा जग्गाको स्वामित्वको समस्या भएको र अहिले समाधान भइसकेको भन्दै डिपिआर अनुसारको काममा सेना अघि बढ्ने खड्काले बताए । उनले भने,‘पर्यटन क्षेत्र प्रर्वद्धन हुनसक्ने गरि अब काम हुन्छ ।’

भिडियो:

अरुण पुर्व लिम्बुवान नेपालमा एकीकरण हुनुअघि साँगुरीगढी तत्कालिन लिम्बुवानको एक महत्वपुर्ण गढी रहेको थियो । सयोक यक भनिने यो गढीको स्थापना सयोक हाङले गरेको बताइन्छ । सयोक यकलाई नै अचेल साँगुरीगढी भनिन्छ । यो गढी निर्माण गर्दा धरानको तामाखाम क्षेत्रको ढुंगाहरु लस्करै सेना राखेर लगिएको थियो । अहिले पनि गढीमा ती ढुंगाहरु सुरक्षित नै छन् । युद्धमा पराजित हुन नसकेका लिम्बु राजाहरुसँग तत्कालिन शाह राजाले अरुण पुर्वा लिम्बुवान भुमीलाई वि.स.१९३१ साउन २२ गते सम्झौता गरि नेपालमा विलय गरेको इतिहास छ ।  

भिडियो:

धनकुटा र सुनसरी (धरान)को सिमानामा अवस्थित यही गढीको नामबाट धनकुटाको दक्षिणी गाउँपालिकाको नाम साँगुरीगढी राखिएको छ । यो गढी प्रसिद्ध पर्यटकीयस्थल भेडेटारबाट २.३ किलोमिटर पश्चिमतर्फ पर्छ । कोशी राजमार्गको धरान धनकुटा सडक निर्माण हुनुअघि धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुमलगायत जिल्लाहरुका मानिसहरु धरानको फुस्रेमा किनमेल गर्न आउथे । त्यसबेला धरानको फुस्रे हुँदै चिउरीबास, साँगुरीगढीबाट धनकुटाको फेदी, बेलहारा, उत्तरपानी, पाख्रिबास हुदै मानिसहरु ओहोरदोहोर गर्थे । त्यही ऐतिहासिक बाटोलाई नेपाली सेनाले एकीकरण पदमार्ग नामकरण गरेको हो ।

saguri-hike7

saguri-hike8

saguri-hike9

saguri-hike15

saguri-hike16

saguri-hike10

saguri-hike14

saguri-hike13

saguri-hike12

saguri-hike11