धरान:अनेरास्ववियु १ नम्बर प्रदेश कमिटीको पुर्ण बैंठक बुधबार इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । 

बैठकको अध्यक्षता प्रदेश कमिटीका अध्यक्ष गोकर्ण घिमिरे र अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्बर १ ईन्चार्ज लोकेश निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बैठक २३औं महाधिवेशन केन्द्रित रहेको एजेन्डा माथी छलफल भएको संगठनले जनाएको छ । उक्त बैंठकमा अनेरास्ववियु केन्द्रिय महासचिव समिक बडाल विशेष अतिथि रहेका थिए । 

lokesh

बैंठकमा अनेरास्ववियु जिल्ला अध्यक्ष ,प्रदेश कमिटीमा आवद्ध नेताहरु, केन्द्रिय कमिटीका नेताहरुको सहभागिता रहेको थियो। बैंठकमा अनेरास्ववियुलाई पुनर्ताजगी गर्ने, संगठनलाई गतिशील, अनिवार्य रुपान्तरण र पुस्तान्तरणको बिषयमा पनि प्रमुख अतिथि निरौलाले सम्बोधन गरेका थिए । उनले देशकै ठूलो संगठनको २३ औं केन्द्रिय महाधिवेशनमा महत्त्वपूर्ण भुमिका रहने प्रतिनिधिका बिषय, अनेरास्ववियुका केन्द्रिय मातहतका कमिटीहरुमा रहने जिम्मेवारी, दायित्व लगायतका महत्वपुर्ण विषयका पनि केन्द्रीय उपाध्यक्ष निरौलाले जानकारी गराएका थिए । 

यस्तै, निरौलाले अबको महाधिवेशनबाट चयन हुने केन्द्रिय कमिटी झनै चुस्त र छरितो बन्ने भएकोले २३ औं राष्ट्रिय महाधिवेशन हालसम्मकै ऐतिहासिक रहने पनि बताए । साथै उनले सबैले आ आफ्नो स्थानबाट जिम्मेवारी पुरा गर्दै कटिबद्ध र प्रतिबद्ध भएर लाग्न पनि निर्देशन दिएका थिए ।