धरान: माघ २५ गतेदेखि धरानमा प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला हुने भएको छ । 

फ्लोरिकल्चर एशोसिएसन नेपाल सुनसरीले सोमबार पत्रकार सम्मेलन गर्दे माघ २५ गतेदेखि २९ गतेसम्म पुष्प मेला आयोजना गर्ने जानकारी दिएको हो । पाँच दिनसम्म हुने पुष्प मेला धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा हुनेछ । मेलामा एउटा अफिसियल स्टर हुनेछ भने एउटा प्रतिस्पर्धाको स्टल र अन्य ४८ वटा व्यवसायिक स्टल हुने एशोसिएसनका अध्यक्ष खगेन्द्र पोखरेलले जानकारी दिए ।

मेलामा मौषमी फुल, आलंकरिक बोटविरुवा, सुनाखरी, कम्पोष्ट मल, बिउविजन, कृषि औजार, उपकरण र विषादीलगायतको स्टल हुनेछ । मेलामा ५ सय भन्दा बढी प्रजातिको फुलका विरुवाहरु प्रर्दशनी तथा बिक्रीमा राखिने पनि अध्यक्ष पोखरेलले जानकारी दिए । 

flower1

मेलामा ५० हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र ७० लाखको कारोबार हुने अपेक्षा गरिएको मेला संयोजक युमिनहाङ राईले जानकारी दिए । साथै, सयपत्री फुलको उत्पादन वृद्धि गराउन र प्रभावकारी बनाउन धरान उपमहानगरपालिकाको सिफारिशमा प्रत्येक वडाबाट ३ जनालाई प्रशिक्षण पनि दिइने उनले बताए । नेपालमा २०११ सालबाट पुष्प व्यवसाय शुरु भएको मानिन्छ । हाल ६९७ नर्सरी स्थापना भइसकेको छ भने करिब साढे २ अर्बको बार्षिक कारोबार भइरहेको छ । प्रदेश १ मा मात्र ६५ बढी व्यवसायी छन् र १३ करोडको बार्षिक करोबार भइरहेको छ । 

भिडियो