धरान: नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा धरानका व्यवसायी राजेन्द्र साहले उम्मेद्वारी घोषणा गरेका छन् । 

धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघमा बुधबार पत्रकार सम्मेलन गर्दै यही चैत २८ र २९ गते हुने महासंघको ५७ औं साधारणसभा तथा निर्वाचनमा साहले उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उनले जिल्ला नगर उद्योग वाणिज्य संघतर्फको कार्यसमिति सदस्य पदमा उम्मेद्वारी दिने भएका हुन् । उनलाई जिताउन सुनसरी उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति पनि गठन गरिएको संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । 

rajendra

२०२० सालमा सुनसरी उद्योग वाणिज्य संघ स्थापित भएको र महासंघको संस्थापक सदस्य भए पनि हालसम्म कुनै पनि निर्वाचनबाट यहाँको सदस्य विजयी भएर जिम्मेवारी पाउन सकेको छैन । यसपाली भने साहलाई जिताउन अभियान चलाएको र जित निश्चित रहेको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उम्मेद्वार साह संघमा २०७३ देखि २०७६ सम्म अध्यक्ष रहेका थिए भने महासंघको कोशी प्रदेश कार्यसमिति सदस्य पनि रहिसकेका थिए । उम्मेद्र साहले केन्द्रसँग जिल्लालाई जोड्ने, आर्थिक समृद्धिमा योगदान दिने साथै उद्योगी, व्यवसायीहरुको हकअधिकारको लागी लड्न उम्मेद्वारी दिएको बताए । 

भिडियो: