धरान: मालपोत कार्यालय र नापी कार्यालयका तत्कालिन प्रमुखद्धयले मिलेमतोमा जग्गा लाभ लिएर धरान ६ पानवारीमा सार्ने निर्णय गरेको भन्दै छानबिन गरि कारबाही गर्न अख्तियारमा उजुरी परेको छ ।

संघीय लिम्बुवान मञ्च सुनसरीका अध्यक्ष अमर इजम र सचिव निर्मल राईले तत्कालिन मालपोत प्रमुख भीम गौतम र नापी प्रमुख कृष्ण न्यौपानेविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । ‘मालपोत र नापीका प्रमुखले त्यो बेला १, १ कट्ठा लिएर कार्यालय पानवारी सार्ने निर्णय गरेको रहेछ । हामीले सप्रमाण अख्तियारमा उजुरी दिएका छौं,’ इजमले भने । 

तत्कालिन प्रमुख गौतम र न्यौपाने २०७३ सालमा मालपोत र नापी प्रमुख हुँदा एक एक कट्ठा जग्गा लाभ लिएर आफन्तको नाममा राखेको र कार्यालय पानवारी सार्ने निर्णय गरेको उजुरीपत्रमा उल्लेख छ । मालपोत र नापीका प्रमुखले भुमाफियाहरुसँगको मिलेमतोमा आफ्नो नाममा नभै अरुकै नाममा जग्गा राखेको दाबीसहित अख्तियारमा उजुरी दिइएको हो । उनीहरुले मालपोत र नापी कार्यालयलाई दानपत्र दिने चलखेल गरि लुकाईछिपाई हाल लेखापढी र कर्मचारीको नाममा देखिएकोले छानबिन गरि बदर गर्न र कानुनी कारबाही गर्न माग गरिएको छ । 

malpot-akhtiyar

malpot-akhtiyar1