धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मानसिक वार्डमा उपचारको लागी भर्ना गरिएका विरामी छोरालाई छोडेर आमा सम्पर्कविहिन भएकी छिन् ।

मोरङको मिक्लाजुङ ९ घर भएका २७ बर्षीया महेन्द्र बिक फागुन २२ गते भर्ना भएका थिए । उनको आमा माया बिकले चैत ६ गतेदेखि छाडेर सम्पर्कविहिन भएकी थिइन् । हाल विरामीलाई डिस्चार्ज गर्नुपर्ने भएको तर विभागले आमालाई पटक पटक फोन सम्पर्क गर्दा पनि सम्पर्कमा नआएपछि आफन्तको जिम्मा लगाउने कार्यमा सहयोग गर्न उपमहानगरपालिकालाई अनुरोध गरेको थियो।

वीपी प्रतिष्ठानले अनुरोध गरेपछि बिहिबार उपमहानगरपालिकाले एक सुचना जारी गर्दै आमा र नातेदार आफन्तहरुलाई सम्पर्कमा आइदिन आह्वान गरेको छ । साथै, विरामीको नातेदारलाई सम्पर्क गरि डिस्चार्ज गराउने काममा सहयोग गर्न पनि सरोकारवालाहरुलाई अपिल पनि गरिएको छ । 

notice-nagar