धरान: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटनुपर्ने जनसरोकारका योजनाहरुबारे धरान नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

नगर अध्यक्ष रेवतीरमण राईको नेतृत्वमा उपमहानगरपालिका पुगेको टोलीले उपप्रमुख अइन्द्रबिक्रम बेघालाई भेटेर समेट्नुपर्ने योजनाहरुको बारेमा ध्यानाकर्षण गराएका हो । उक्ट पार्टीले सरकारी सेवा प्रवेशको लागि लोकसेवा आयोग र सेवा आयोग तयारी कक्षाको व्यवस्था गर्नुपर्ने, लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण गर्ने विशेष अभियान संचालन गर्नुपर्ने, क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको ग्यारेन्टी गरिनुपर्नेबारे ध्यानाकर्षण गराएको छ । 

यस्तै, सवारी साधन पार्किङ स्थलको उचित व्यवस्थापन गरिनुपर्ने, धरान ६ पानवारीमा निर्माणधिन औधोगिक ग्रामलाई यथाशिघ्र सम्पन्न गरि संचालनमा ल्याइनुपर्ने, फोहोर व्यवस्थापनको लागि दीर्घकालीन आधुनिक डम्पिङ साइडको व्यवस्था गरिनुपर्ने माग पनि नेकपा एसले गरेको छ । 

यसैगरि, ब्रिटिस र भारतीय सेनाको अन्तिम छनौटस्थल धरानमा पुनःस्थापना गर्नको लागि विशेष पहल गर्नुपर्ने, धरानका सबै स्थानमा सिसि क्यामेरा जडान गरि शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने, धरानलाई सूचना प्रविधी (आइटी) को केन्द्र बनाई सूचना प्रविधिको बजारीकरण गर्नुपर्ने साथै आईडिया बैंकको स्थापना गर्नुपर्नेबारे पनि नगरको ध्यानाकर्षण गराएको छ । 

भिडियो:

धरान सवैभन्दा सुन्दर शहर भएकोले धरान बजार साथै वरिपरि समेत सौन्दर्यकरण गरीनुपर्ने, धरानलाई शैक्षिक हब, स्वास्थ्य हव, खेलकुद तथा साहसिक खेलकुद हब बनाई पर्यटकहरुको आर्कषण गरी आन्तरीक आयआर्जनमा वृद्धि गरीनु पर्ने तथा धरानमा रहेका सबै शैक्षिक संस्थामा स्थानीय (धरानको) कोटाको व्यवस्था गर्नुपर्ने बिषयमा पनि ध्यानाकर्षण गराएको छ । 

लामो समयदेखि निर्माण सम्पन्न हुन नसकिरहेको धरान–१४ स्थित बहुजातीय संग्रहालयलाई यथाशिघ्र सम्पन्न गरि संचालनमा ल्याइनुपर्ने, धरान सभागृहलाई व्यवस्थित गरि प्रदर्शनी स्थलको रूपमा विकास गरिनुपर्ने, युवा, महिला, दलित, अल्पसंख्यकलाई सीप सिकाई स्वरोजगार बनाइनुपर्ने,आधुनिक सुविधा सम्पन्न बुद्धाश्रम निर्माण गर्नुपर्ने मागको बिषयमा पनि नगरको ध्यानाकर्षण गर्राको छ ।

यस्तै, धराने कालो बंगुर, लोकल रक्सी प्रशोधन गरि धरानको ब्राण्डकोरुपमा विकास गरिनुपर्ने, जोखिमपूर्ण क्षेत्रमा काम गर्ने सबै मजदुरहरूले अनिवार्य सुरक्षा सामग्री प्रयोग गर्ने व्यवस्था गर्दै मजदुर राहत कोषको स्थापना गरि जीवन विमाको व्यवस्था गरिनुपर्ने,धरानलाई डिजिटल शहरको रूपमा विकास गरीनुुपर्ने, नगरपालिका प्रविधि मैत्री बनाई भ्रष्टाचार रहित र पारदर्शिता गर्न पनि स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।

नगरमा ध्यानाकर्षण पत्र वुझाई सकेपछि पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गरी आम जनताको सवालमा काम गर्नको लागि ध्यानाकषर्ण पत्र वुझाएको अध्यक्ष राईले बताए । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य जीवन राईले धरानबाट पलायन भएका सरकारी कार्यालयहरु फिर्ता ल्याउनका लागि आफ्नो पार्टीले पहल गर्ने वताए । साथै उनले धरानको गुमेको शाख फर्काउन पनि पार्टीले पहल गर्ने बताएका थिए ।

nekapa s1