धरानः नेपाली कांग्रेसले पार्टीलाई सुदृढ, सवल, सक्षम र जनमुखी बनाउन आपसी मेलमिलाप र एकता अभियान सञ्चालन गर्ने भएको छ। 

नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले यस्तो निणर्य गरेको हो । पार्टीका केही साथीहरुको पार्टीप्रति उत्पन्न असन्तुष्टि, निष्कृयता, उदासिनता, वितृष्णा र पार्टी परित्यागका विचार तथा घटनाहरु सार्वजनिक भएको विषयप्रति अतिसंवेदनशील र गम्भिर हुंदै यस्तो निर्णय गरेको हो । क्षेत्रीय सभापतिको संयोजन र वडा सभापतिको समन्वयमा क्षेत्र समितिको स्थायी आमन्त्रित व्यक्तित्वहरु सहित वडावडा, टोलटोल र घरघरमा गई पार्टीमा व्यापक भावानात्मक एकता र मेलमिलापको अभियान सञ्चालन गर्न लागेको प्रवक्ता एवम् क्षेत्रीय सचिव केशव पुरीले बताए । 

बैठकले सुनसरी, क्षेत्र नं. १ अन्तर्गत रहेका पार्टीका केन्द्र, प्रदेश र जिल्लाका वर्तमान पदाधिकारी तथा सदस्य, पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्व जिल्ला पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका पूर्व र वर्तमान सदस्य तथा प्रत्यासी, स्थानीयतहका पूर्व प्रमुख÷उपप्रमुख तथा प्रत्यासी, वर्तमान महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्रका पूर्व पदाधिकारी, प्रदेशसभा क्षेत्र १(१) र १(२) का पूर्व सभापति, उपमहानगर÷नगरका वर्तमान सभापति तथा पूर्व सभापति र स्थानीयतह संसदीय दलका नेता, भातृ तथा शुभेच्छुक संस्थाका पालिका, प्रदेशसभा, प्रतिनिधिसभा र  जिल्लाका सभापति, प्रदेश पदाधिकारी र केन्द्रका पदाधिकारी तथा सदस्यहरुलाई क्षेत्रीय कार्यसमितिको बैठकमा स्थायीरुपमा आमन्त्रित गर्ने निर्णय भएको क्षेत्रीय सचिव महेन्द्र प्रधानले बताए ।