धरान: धरान १२ का प्रदीप आचार्यको कविता संग्रह ‘मनको वहाव’ एक समारोहबीच विमाचन गरिएको छ । 

भाषाविद् प्रा.डा.टंंक प्रसाद न्यौपानेबाट उक्त कविता संग्रह विमोचन गरिएको हो । कवि आयार्चले साहित्यमा रुचि राख्ने आफ्नो पिता कालिका प्रसाद आचार्यबाट प्रेरित भई कविता लेखेको बताएका छन् । कविता संग्रह बारे टिप्पणी गर्दै प्रा.डा.महानन्द तिम्सिनाले कविता संग्रहमा कविले आफ्ना पिता तथा अग्रजहरुले सुनाएका कथा, शब्दहरुलाई स्मरण गर्दै कविता लेखेकोे र प्राकृतिक सुन्दरताका विषयहरु समेटेको बताए । आफूले अनुभव गरेका विषयहरु कविताको मार्फत मनको वहाव राखेको पनि उनले बताए । साथै, दार्शनिक चिन्तन, आध्यत्मिक चिन्तन, भौतक चिन्तन एउटै विन्दुमा अटाएको पनि डा.तिम्सिनाले बताए । ‘कवितामा नयाँपन पाउन सकिन्छ । कवितामा कथा जस्तो, छन्दमा मात्रै नभई कतै झायाउरे लयमा, कति गद्य कविता र शास्त्रिय छन्दमा नभए पनि कवितामा सांगीतिक, लयात्मक रहेको छ,’उनले भने ।

man ko wahaw1

अक अर्का टिप्पणीकार हरिप्रसाद दाहालले प्रदीप आचार्य कवि तथा साहित्यकार हुनुमा पत्नी अम्बिका आचार्यको महत्वपूर्ण भूमिका रहेको बताए । श्रीमान्को सफलताको पछाडि श्रीमतिको भुमिका रहेको उल्लेख गर्दै दाहालले अम्बिका महेन्द्र कलेज पढ्दाको आफ्नो चेली भएको पनि स्मरण गरे । कविता संग्रह व्यवहारिक तथा घर भित्र गर्नुपर्ने चालचलनको कुराहरुको संगालो रहेको पनि उनले टिप्पणी गरे । ‘कवितामा राजनीतिक पनि छ, सालिन तरिकाले विषयवस्तु उठाएको छ । समाज जोगाउन यहाँका रितिरिवाज, मान्यताहरु, आदारभावलाई जोगाउनु पर्ने कवितामा छ,’ टिप्पणीकार दाहालले भने,‘यो नेपालको महत्वपूर्ण पुस्तकमा दर्ता गराउन सुझाव छ ।’

कार्यक्रमा विशेष अतिथि प्रदेश सांसद यशोदा कायस्थ, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका प्रमुख प्रा.डा.पशुपति चौधरी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ पनि रहेका थिए । कार्यक्रममा सभाअध्यक्ष आचार्य कौडियन गोत्रिय समाजका अध्यक्ष अम्बिका आचार्यले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम संचालन विष्णु बरालले गरेका थिए । 

भिडियो: