धरान: धरान उपमहानगरपालिकाका दलित समुदायका कार्यपालिका सदस्य तथा वडाका जनप्रतिनिधिहरुले दलित सशक्तिकरण ऐनको मस्यौदा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघालाई हस्तान्तरण गरेका छन् ।

दलित समुदायका अगुवा तथा जनप्रतिनिधिहरुसँगको छलफल पश्चात ऐनको मस्यौदा तयार गरे बुधबार मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघालाई हस्तान्तरण गरिएको कार्यपालिका सदस्य दिनेश गजमेरले बताए । प्रतिनिधिमुलक वडाका दलित महिला सदस्यहरुको पनि उपस्थितिमा ऐनको मस्यौदा बुझाउदै कार्यपालिका सदस्य गजमेरले आगामी नगरसभामा प्रस्तुत गर्न पनि मेयर र उपमेयरलाई आग्रह गरेका छन् ।

dalit act

स्थानीय सरकार सञ्चालन ऐन २०७४ कै अधिनमा रहेर स्थानीय तहले ऐन बनाउन सक्ने भन्ने उल्लेख भएकोले सोही आधारमा दलित सशक्तिकरण ऐनको मस्यौदा तयार गरिएको कार्यपालिका सदस्य गजमेरले बताए । उनले भने,‘यो ऐन नगरसभाबाट पारित भएपछि सोही अनुसार धरानमा रहेका दलित समुदायको हक, अधिकार र विकाको लागि नीति तथा कार्यक्रम तय गर्छ भन्ने विश्वास लिएका छौं ।’

कार्यपालिका सदस्य गजमेरले नेपालमै पहिलो पटक स्थानीय तह धरानबाट दलित सशक्तिकरण ऐन बनेर नमुना कामको शुरुवात हुने पनि अपेक्षा व्यक्त गरे । उनले भने,‘सरोकारवालाहरुसँग छलफल गरेर मस्यौदा तयार गरेका छौं, मेयर र उपमेयर दुवैलाई अध्ययन गरेर टेवल गरिदिनको लागि अनुरोध गरेका छौं ।’

भिडियो: