धरान: असार १ गतेदेखि बढेको वंगुरको मासुमा प्रतिकिलो ४ सय रुपैया कायम गरिएको छ ।

धरान उपमहानगरपालिकाले आइतबार वंगुरपालक किसान, मासु व्यवसायी, उपभोक्ता अधिकारकर्मी, प्रशासनसँग छलफल गर्दै प्रतिकिलो ४ सय रुपैया कायम गरेको हो । यसअघि असार १ गतेदेखि धरान मासु व्यवसायी संघले वंगुरको मासुमा ६० रुपैया बृद्धि गरेर प्रतिकिलो ४२० रुपैया बनाएको थियो । व्यवसायीहरुले विगत ५ बर्षदेखि वंगुरको मासुको भाउ वृद्धि नगरिएकोले यसपाली १६.६६ प्रतिशतले मात्र ६० रुपैया वृद्धि गरिएको बताएका थिए ।  पहिला वंगुरको मासु प्रतिकिलो ३६० रुपैया थियो ।

मेयर हर्क साम्पाङले स्थानीय सरकारसँग समन्वय र छलफल गरेर मात्र भाउ वृद्धि गर्नुपर्नेमा त्यसो नभएको भन्दै असन्तुष्टी जनाएका थिए । साथै उनले छलफलमा ४ सय रुपैया भाउ कायम गर्न गरेको प्रस्तावलाई नै बैठकले अनुमोदन गरेको थियो । आगामी दिन पहिला स्थानीय सरकारसँग छलफल गरेर मात्र भाउ वृद्धि गर्न पनि उनले आग्रह गरेका थिए । 

bangur masu1

बंगुरको मासुको भाउ वृद्धि गरिएपछि उपभोक्ताहरुबाट धेरै गुनासो आएकोले पुर्नविचार गर्न छलफल गरिएको उपमेयर अइन्द्रबिक्रम बेघाले बताए । उपभोक्तालाई पनि मार नपर्ने र किसान, व्यवसायीलाई पनि मर्का नपर्ने गरि निर्णय लिइएको उनले बताए । साथै, स्वास्थ्यकर मासु उपभोक्ताले पाउन् भन्ने उद्देश्यले नियमितरुपमा बजार अनुगमन गर्ने कार्य गर्ने पनि उनले बताए । 

भिडियो: