धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई छाता ऐनबाट हटाएर स्वयत्त नै राख्ने प्रतिवद्धता प्रधानमन्त्री पुष्पकमल दाहालले जनाएका छन् ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले सुनसरी क्षेत्र नं १ का संघीय र प्रदेशसभाका सांसदहरुको टोलीसँग यस्तो प्रतिवद्धता जनाएका हुन् । प्रतिष्ठानको स्वतयत्तता खोजेर एकीकृत ऐनमार्फत आंगिक कलेज बनाउन लागेको भन्दै धरानका राजनीतिक दल सामाजिक संघसंस्था तथा नागरिक अगुवाहरु आन्दोलित छन् । 

सोही बिषयमा आज शिक्षामन्त्री तथा सुनसरी क्षेत्र नं १ का संघीय सांसद अशोककुमार राईसहित प्रदेशसभा १ (१) सांसद रमेशकुमार बस्नेत, प्रदेशसभा १ (२) सांसद विजय राई, समानुपातिक प्रदेशसभा सांसद ममता तामाङ मगर र पुर्वप्रतिनिधिसभा सदस्य जयकुमार राईले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री दाहालले प्रतिष्ठानलाई छाता ऐनबाट हटाउने र स्वयत्तता कायम राख्ने प्रतिद्धवता जनाएको प्रदेश सांसद बस्नेतले जानकारी दिए । उनले भने,‘उहाँले छाता ऐनबाट वीपीलाई हटाउछौं, र स्वयत्त नै राख्छौं । धरानबाट आन्दोलन गरेर काठमाण्डौं आइरहनुपर्दैन भन्नुभएको छ ।’

bp pm1