धरान: कोशी प्रदेश मन्त्रीपरिषद बैठकले श्रष्टा सम्मानका लागि नामावली स्वीकृति गर्ने निर्णय गरेको छ । 

बुधबार बसेको बैठकले एक लाख राशीको सर्वोकृष्ट भाषा, साहित्य सम्मान तर्फ सुनसरीका बम बहादुर राई र सर्वोकृष्ट कला र संस्कृति सम्मानतर्फ मोरङका प्राडा सोमप्रसाद खतिवडाको नाम स्वीकृति गरेको हो । 

यस्तैगरि, ५० हजार राशीको उत्कृष्ट भाषा, साहित्य, कला र संस्कृति तर्फ बैजयन्ती मिश्र( भाषा सहित्य), राधिका गुरागाई (भाषा सहित्य), शंकर चापागाइ ‘धनकुटे कान्छा ’ (साहित्य), बसुन्धरा देबी झा (मैथली संस्कृति), मिनकुमार श्रेष्ठ ‘नवोदित’ (साहित्य), साजन सन्ध्या राई (संगीत/गायन), संगीता कुमारी यादब (नृत्य/अभियन), गणेश कुमार राई (भाषा सहित्य), लक्ष्मी कुमार सेर्मा ( भाषा अनुसन्धान), डिल्ली कृष्ण आले (ललितकला), वियोग सापकोटा ( साहित्य), नरपति पाण्डे (भाषा/साहित्य) रहेका छन् ।

यस्तै, २५ हजार राशिको नवोदित भाषा, साहित्य, कला र संस्कृति तर्फ मिलन नेपाली ( रंगकर्मी/नाटक) , युमन खालिङ राई ‘मनुहाङ किराती’ (किराती साहित्य), मनिषा आचार्य (साहित्य), विमला राई ‘केयरलेस’ (भाषा/साहित्य) र  पुरुषोत्तम नेपाली (गितकार)लाई सम्मान गर्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको छ । 

यसैगरि, सोही बैठकले मधेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आव २०७८/७९) लाई छलफलका लागि प्रदेश सभामा पेश गर्ने निर्णय पनि गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र बिष्टले जानकारी दिएका छन् ।