धरान: दोस्रो अन्तर्राराष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सव आज (शुक्रबार)देखी धरानमा सुरु भएको छ ।

साहित्य कला संस्कृति प्रतिष्ठान धरान–१३ को आयोजना तथा धरान उपमहानगरपालिकाको सहयोगमा दुई दिने महोत्सव सुरु भएको हो । महोत्सव धरान–१३ लक्ष्मी चोकस्थित धरान बैंकक्युटमा भोलीसम्म हुनेछ । महोत्सवको उद्घाटन प्रमुख अतिथि एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले गरेका छन् । औपचारिक कार्यक्रम अघि धरानको छाताचोकबाट कार्यक्रम स्थलसम्म विभिन्न जातीय साँस्कृतिक झाँकीसहित कवि, साहित्यकारहरुको टोलीले प्रभातफेरी निकालिएको थियो । 

sahitya3

सहभागीहरुको स्वागतमा नेवार एकता समाज, किरात राई यायोक्खा धरान–१३, चैनपुर साँस्कृतिक महिला समुहले आ–आफ्नो साँस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य व्यक्त गर्दै धरान–१३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले भौतिक पूर्वाधारको विकास मात्र नभई वौद्धिक विकास हुनुपर्छ भनेर २०७४ सालमा आफु वडाध्यक्षमा निर्वाचित भएर आएपछि साहित्य कला प्रतिष्ठान गठन गरिएको बताए । उनले साहित्यक गतिविधिमा विगतको तुलनामा धेरै जनाको सहभागि बढेको भन्दै खुशी व्यक्त गरे । 

भिडियो:

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राईसहित चार जनालाई भारतको असम साहित्यक समाजले सम्मान गरेको थियो । मन्त्री राईसहित धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, प्रा.डा.टंक प्रसाद न्यौपाने र कवि बम देवानलाई असमको जातिय पहिरन ‘जापी र सेलेङ’ लगाई दिएर सम्मान गरिएको थियो । 

सोही कार्यक्रममा कवि इन्दु योञ्जनको ‘अन्तिम सेलो’ कविता संग्रहको विमोचन समेत गरिएको थियो । कार्यक्रममा कवि तथा साहित्यकारहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने, कविता गोष्ठी, अन्तरक्रिया गरिने प्रतिष्ठानका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नेपालका सातै वटा प्रदेशसहित, सिक्किम, दार्जिलिङ, आसामलगायतबाट कवि तथा साहित्यकार, कलाकर्मिहरुको सहभागीता रहेको प्रतिष्ठानका सचिब विष्णु चौलागाइले बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार एवं कवि राजकुमार कार्की, असम नेपाली साहित्य सभाका सभापति दुर्गा खतिवडा, साहित्यकार भवानी खतिवडा, साहित्यकार शुक्रराज दियाली, समाजसेवी रम्भादेवी कर्माचार्य, विमल स्मृति पुस्तकालयका संस्थापक पुर्णबहादुर गुरुंग, अमर सेवा समाज र कृष्ण प्रधान सिलगुडीलाई पनि सम्मान गरिएको थियो । 

sahitya4

sahitya5

sahitya13

sahitya14

sahitya6

sahitya15

sahitya1

sahitya