धरान: सडक दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले मंगलबारदेखि ट्राफिक सप्ताह २०८० शुरु भएको छ । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजनामा मंगलबार धरानमा वृहत प्रभात फेरी तथा सचेतनामुलक कार्यक्रम आयोजना गरि ट्राफिक सप्ताह शुरुवात गरिएको हो । पब्लिक स्कुल धरान १२ बाट प्रभात फेरी कार्यक्रम शुरु भएर धरान ७ स्थित सिद्धि नेवा परिषदमा पुगेको थियो । परिषदमा आयोजित ट्राफिक सप्ताहको उद्घाटन प्रमुख अतिथि एवं धरानका उपमेयर अइन्द्रबिक्रम बेघा र बिशिष्ट अतिथि एवं सुनसरीका प्रजिअ हुमकला पाण्डेले दुई जनालाई हेल्मेटको क्लिप लगाइदिएर गरेका थिए ।

भिडियो:

प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख भीम दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा वक्ताहरुले ट्राफिक नियम पालना गर्न, अनुशासित भएर सवारी चलाउन आग्रह गरेका थिए । उपमेयर बेघाले सर्वसाधारणको ज्यान जोगाउनकै लागि ट्राफिक प्रहरीले कडाई गरेको भन्दै मापसे नगरि र लापरवाही नगरि सवारी चलाउन आग्रह गरे । उनले हेल्मेटको कारणले आफ्नो ज्यान जोगिएको भन्दै पुरानो दुर्घटना पनि स्मरण गरेर हेल्मेट लगाउदा क्लिप अनिवार्य लगाउन आग्रह पनि गरे । 

भिडियो:

प्रजिअ पाण्डेले सडक निर्माणको क्रममा नै गुणस्तरीय बनाउनुपर्ने र यसको लागि स्थानीय तहहरुको प्रमुख भुमिका हुने बताइन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभुप्रसाद ढकालले जनचेतना जगाउन प्रदेशको १४ वटै जिल्लामा ट्राफिक सप्ताह शुरु भएको जानकारी दिए ।

trafic weekly4

trafic weekly3

trafic weekly5