धरान: धरान उपमहानगरपालिकाले नगर प्रहरी र ज्यालादारीमा कर्मचारी राख्न सार्वजनिक सुचना निकालेको छ । 

कार्यपालिका बैठकबाट पारित भएको पद र संख्या वमोजिम पदपूर्ति गर्नको लागि उपमहानगरपालिकाले सुचना निकालेको हो । उपमहानगरपालिकाले करार सेवामा ६ जना नगर प्रहरीको पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । यो खुल्ला छनौट विधिबाट पदपूर्ति गरिने सुचनामा उल्लेख छ । नगर प्रहरीको तह सहायक दोस्रो हुनेछ । नगर प्रहरीमा दरखास्त दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरह उर्तीण भएको र १८ बर्ष पुरा भएर २३ बर्ष ननाघेको हुनुपर्नेछ ।

यस्तै, ज्यालादारीमा पनि विभिन्न पदमा २० जना कर्मचारीहरुको लागि उपमहानगरपालिकाले सुचना निकालेको हो । उपमहानगरले १५ जना सफाईकर्मीको राख्ने तयारी गरेको छ भने माली ३ जना र चौकीदार २ जनाको लागि पनि सुचना निकालेको छ । ज्यालादारीमा काम गर्न चाहनेको उमेर २० बर्ष पुगेर ४० बर्ष नकटेको हुनुपर्ने सुचनामा उल्लेख छ । 

drn notice

drn notice1