भोजपुर जिल्लाको टेम्के मयुङ गाउँपालिकास्थित चखेवा आन्तरिक पर्यटककको लागि आकर्षकस्थलको रुपमा रहेको छ । 

          भोजपुर बजारदेखि ४० किलोमिटर उत्तरतर्फ अवस्थित चखेवा समुद्री सतह देखि २ हजार २ सय मिटरको उचाइमा रहेको छ ।चिसो मौसम, चारैतिर हरियो मैदान झैं देखिने डाँडाले चखेवा लोभलाग्दो छ । एकैछिनमा कुइरोले ढाक्ने, पारिलो घाम लाग्ने र वर्षा हुने यहाँको मौसमको बिशेषता रहेको छ । चखेवा धरानबाट करिब १ सय ९५ किलोमिटर दुरीमा रहेको छ । यहाँ भोजपुर जिल्ला सङ्गै भोजपुर आसपासका क्षेत्र लेगुवा, हिले, धनकुटा, धरानबाट पनि आन्तरिक  पर्यटक रुपमा घुम्न आउने गरेका छन् ।

chakhewa4

          चखेवामा घुम्न आउने पर्यटकहरुको सुविधाका लागि होमस्टे, होटल तथा रेष्टुरेन्टहरु खुलेका छन् । चखेवाबाट नै भोजपुरको चर्चित मुन्धुम ट्रेल प्रवेशद्वार पनि रहेको छ । ट्रेलको क्रममा नेपालका प्रमुख हिमशृखलाहरु, विभिन्न प्रजातिका गुराँसको फुलले ढाकिएको पहाड, साँस्कृतिक र प्राकितिक सौन्दर्य अवलोकन गर्न सकिन्छ । स्थानीय सरकारले यस क्षेत्रलाई व्यवस्थित गर्दै उचित प्रचारप्रसार गर्न सके चखेवा र यसको आसपासको क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना छ । 

तस्बिर: बिकास चाम्लिङ राई 

chakhewa1

chakhewa2

chakhewa3

chakhewa5

chakhewa6

chakhewa8

chakhewa7

chakhewa9

chakhewa14

chakhewa10