धरान: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा धरान आदर्श बोर्डिङ स्कुलले आफ्नो नतिजा धरानमै सबैभन्दा उत्कृष्ट रहेको दाबी गरेको छ । 

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा धरान आदर्श बोर्डिङ स्कुलका ७२ जना विद्यार्थीले ए, १२३ जनाले बि प्लस र ७५ जनाले बि ग्रेड ल्याएका छन् । जसमा विज्ञान संकायका शतप्रतिशत, व्यावस्थापन संकायका ९६.६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

विज्ञान संकायमा सबैभन्दा बढी मौसम पराजुलीले ३.५९ जिपिए, आयुष गौतमले ३.५४ जिपिए र एञ्जिला चौहानले ३.५० जिपिए ल्याएका छन् । व्यावस्थापन संकायमा आयुस विश्वकर्माले ३.५७ जिपिए, प्रजिमा भट्टराईले ३.५५ जिपिए साथै होटेल म्यानेजमेन्टमा बेस राईले ३.४५ जिपिए ल्याएका छन् ।

धरान आदर्श धरानमा उत्कृष्ट शिक्षा र उत्कृष्ट नतिजा ल्याउने शैक्षिक संस्थाको रूपमा परिचित रहेको छ । साथमा आफ्नो अतिरिक्त क्रियाकलाप, राम्रो व्यावस्थापन र अनुशासनले गर्दा धरान आदर्श विद्यार्थीहरुको छनोटमा पर्ने गरेको छ ।