धरान: पुर्वाधार सडक शुल्कको नाममा डेलिभरी गर्नुपर्ने व्यवासायीका गाडीहरुसँग ठेकेदारका कर्मचारीले अभद्र र गुण्डागर्दी शैलीमा कर असुली गरिरहेको भन्दै विभिन्न व्यवसायिक संघहरुले धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

धरान वितरक संघ, धरान मदिरा व्यवसायी संघ, स्थानीय भवन निर्माण व्यवसायी संघ, धरान हार्डवेयर व्यवसायी संघ, सुनसरी मुद्रक व्यवसायी संघ र पुर्वाञ्चल पेट्रोल ढुवानी व्यवसायी संघले बुधबार मेयर हर्क साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरुले स्थानीय तहमा दर्ता गरि व्यवसाय करसमेत बुझाएर व्यवसाय गरिरहेको र आफ्ना ग्राहकहरुलाई डेलिभरी गर्नुपर्ने अवस्थामा गाडीहरु आवतजावत गर्नुपर्दा ठेकेदारको कर्मचारीले अभद्र र गुण्डागर्दी शैलीमा जर्बजस्ती सडक उपभोगको शुल्क असुल्ने गरेको गुनासो गरेका छन् ।

road tax1

धरानमा सडक पुर्वाधार शुल्कको ठेक्का इटहरीस्थित पाथीभारा निर्माण सेवाले पाएको छ । व्यवसायीहरुले सबै निकायमा दर्ता भएर करसमेत बुझाइरहेकोमा पुर्वाधार सडकको नाममा पुनः कर थोपरिएको भन्दै असन्तुष्टीसमेत जनाए । उक्त करमा पुर्नविचार गर्न पनि उनीहरुले माग गरेका छन् । ठेकेदारको कर्मचारीबाट जर्बजस्ती असुल गर्ने कार्य नरोकिए व्यवसायीहरुले तालाचाबी उपमहानगरपालिकामा बुझाउने पनि व्यवसायीहरुले बताएका छन् । मेयर साम्पाङले कर पुर्नविचार गर्न तत्काल सम्भव नभएको तर ठेकेदारका कर्मचारीहरुबाट अभद्र व्यवहार हुन नहुने बताए । उनले यो बिषयमा ठेकेदार पक्षलाई पनि बोलाएर छलफल गराउन वरिष्ठ प्रशासकीय अधिकृत शम्भु पाण्डेलाई निर्देशनसमेत दिएका छन् । 

भिडियो: