धरान: डेंगु महामारी कम नभएपछि नेकपा एमाले धरानले लार्भा सर्च एण्ड डिष्ट्रोय अभियान शुरु गरेको छ ।

शुक्रबार धरानको वडा नं ८ स्थित सभागृहबाट एमाले धरानले अभियान शुरु गरेको हो । पहिलो चरणमा वडा ८ र १९ मा लार्भा सर्च एण्ड डिष्ट्रोयसँगै स्प्रे अभियान गरिने एमाले धरानका सचिव राजेन्द्र राईले जानकारी दिए । ‘वडा नं ८ बाट हामीले शुरु गरेका छौं, यो धरानको सबै वडामा हुन्छ,’उनले भने ।

भिडियो:

लार्भा नष्ट गर्ने अभियानसँगै बिशेष मेशिनबाट स्प्रे गर्ने र फगिङ कार्य पनि भइरहेको छ । उक्त मेशिनले लार्भा मात्र नष्ट गर्ने भएकोले निक्कै प्रभावकारी हुने बताइएको छ । उक्त मेशिन र औषधी ए वान पेष्ट कन्ट्रोल सर्भिसेसले उपलब्ध गराएको हो । लार्भा नष्ट र स्प्रे अभियानमा एमालेका नेता कार्यकर्ताहरु, प्रदेशसभा सदस्यहरु रमेशकुमार बस्नेत, विजय राई र यशोदा कायस्थसँगै विभिन्न वडाका वडाअध्यक्षहरु, टिएलओका प्रतिनिधिहरु पनि सहभागी थिए ।

cpn uml1

cpn uml2

cpn uml3