धरान: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले धार्मिक, जातीय सद्भाव कायम राख्न नसके देश नै अफ्ठ्यारोमा पर्ने बताएका छन् ।

नेपाली कांग्रेसको सुनसरी क्षेत्र नं १ कार्यसमितिको आयोजनामा भइरहेको ग्रिन एण्ड क्लिन धरानको समापन समारोहलाई सम्बोधन गर्दै डा.कोइरालाले यस्तो बताएका हुन् । उनले धरान मात्र नभै राजनीतिकको हिसाबले देशै अस्तब्यस्त भइरहेको पनि बताए । ‘हुँदा हुँदा जातीय र धार्मिक सद्भावमा जुन हामी बसिरहेका थियौ, त्यसलाई पनि खलबलाउने प्रयास भइरहेको छ,’उनले भने,‘हामीले धार्मिक सद्भाव राख्न सकेनौं भने, जातीय सद्भाव राख्न सकेनैं भने देश अत्यन्तै अफ्ठ्यारो परिस्थितिमा जान्छ ।’

डा. कोइरालाले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक कुनै कुरा पनि देशमा ठिक अवस्थाबाट नहिडिरहेको धारणा व्यक्त गरे । ‘अब हाम्रो जिम्मेवारी, कांग्रेसको जिम्मेवारी राजनीतिक स्थिरता चाहिएको छ, सुशासन हामीलाई चाहिएको छ । भ्रष्टचारमुक्त समाज समाज हामीले बनाउनुपर्छ,’उनले भने,‘दण्डहिनतामा शुन्यसहनशिलता गर्नुपर्ने हुन्छ । यी कुरा नगरेसम्म जतिसुकै कुरा गरेपनि देश समुन्नत हुनसक्दैन ।’

shekhar

वीपी कोइराला र अन्य केही नेताहरुले कांग्रेस स्थापना गरेको उल्लेख गर्दे डा.कोइरालाले त्यो बेला पार्टी जनतासँग जोडिएको तर अहिले जनताबाट टाढा भइसकेको बताए । कांग्रेस सुनसरी क्षेत्र १ कार्यसमितिले जनतासँग जोडिने क्लिन एण्ड ग्रिन धरान कार्यक्रम ल्याएको भन्दै डा.कोइरालाले प्रशंसा पनि गरे ।

‘सुनसरी क्षेत्र नं १ ले जनतासँग जोडिने विरुवा घर घरमा दिइरहनु भएको छ, २१ हजार ५ सय बाडीसक्नुभयो । त्यसको लागिमुरी मुरी धन्यवाद दिन चाहन्छु । जनतासँग जोडिने कार्यक्रम थुप्रै छन्,’उनले भने,‘डेंगीबाट पीडित जनतालाई औषधी पनि दिइरहनुभएको रहेछ । यो अन्यन्तै सान्दर्भिक, सह्रानीय र उदाहरणीय छ । अरु जिल्ला, क्षेत्रहरुले पनि यसलाई अघि बढाउनुपर्ने देखेको छुँ ।’ सुनसरी क्षेत्र नं १ कार्यसमितिले धरानमा ग्रिन एण्ड क्लिन अभियान अन्तर्गत घर घरमा पुगेर २१ हजार बढी विरुवा वितरण गरिसकेको छ । 

भिडियो: