धरान : घण्टाघरबाट निकालीएका दुई कर्मचारीको विषयमा मेयर हर्क साम्पाङ र आन्दोलनरत पक्षबिच सहमति भएको छ ।

संयुक्त ट्रेड युनियन संघर्ष समिति र मेयर साम्पाङबिच आज भएको वार्तामा सहमति भएको हो । वार्तामा सहभागी वडा २ का अध्यक्ष रमेश राईले सहजीकरण गर्दै कार्यपालिकाबाट एक बर्षको लागि कार्यकाल थपिदिने वा चित्तबुझ्दो अनुदान स्वरुप सहयोग गर्ने प्रस्ताव लैजान मेयरलाई आग्रह गरेका थिए । उनको प्रस्तावमा आन्दोलनकारी र मेयर पनि सहमत भएपछि लिखित सहमति भएको हो । सहमतिमा घण्टाघरमा लागेको ताला तत्काल खोल्ने पनि उल्लेख छ ।

agreement