धरान: व्यापारीहरुले फुटपाथ अतिक्रमण गरेर बिक्रीको लागि विभिन्न सामानहरु राख्दा पैदल यात्रु हिड्न असहज भएपछि धरान उपमहानगरपालिका र जिल्ला ट्राफिक कार्यालयले फुटपाथ व्यवस्थापनमा लागेको छ ।

उपमहानगरको बजार अनुगमन र ट्राफिक प्रहरीको टोली तीन दिनदेखि निरन्तर बजार अनुगमन तथा फुटपाथ व्यवस्थापन गरिरहेको छ । आइतबार धरान २ देशीलाइनको फुटपाथ व्यवस्थापनमा हिडेको टोलीले सोमबार धरान ९ गौतमपथको सब्जीमण्डी र कुखुरा बिक्रीलाइनमा गएको थियो । आज तेस्रो दिन मंगलबारे, रेल्वे, बुद्धचोक र बजारको सब्जीमण्डीमा पनि फुटपाथ व्यवस्थान गरेको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । आज २ ठाउँबाट तौल कम भएको ढक पनि नियन्त्रणमा लिएको उनले बताए । 

market

फुटपाथ अतिक्रमण हुँदा पैदल यात्रुहरुलाई हिड्न समस्या हुने गर्छ भने बजारको सौन्र्दयीकरण ट्राफिक व्यवस्थापन तथा यातायात आवागमनलाई पनि असर पुगिरहेको छ । “पसलहरुले बाहिर फुटपाथ अतिक्रमण गरेर सामान राखिदिदा पैदल यात्रीहरुलाई सास्ती हुन्छ । बजार सौन्र्दयीकरण, ट्राफिक व्यवस्थापनमा पनि समस्या भइरहेको छ,” अनुगमन अधिकृत सापकोटाले भने,“त्यसैले जिल्ला ट्राफिकसँग समन्वय गरेर तीन दिनदेखि फुटपाथ व्यवस्थापन गरिरहेका छौं ।”

भिडियोः