धरान: विजयपुर मिडिया ग्रुप प्रालि धरान १० द्धारा सञ्चालित विजयपुर एफएमको १५ औं बार्षिकोत्सवको अवसरमा पोएट्री सेलेब्रेसन गरिने भएको छ ।

एफएमले मंगलबार पत्रकार सम्मेलन गर्दे असोज १२ गते बराह फेमिलि किचनमा कविता कन्सर्ट २०८० आयोजना गरेर बार्षिकोत्सवको पोएट्री सेलेब्रेसन गर्ने जानकारी दिएको हो । विगतका बर्षहरुमा विभिन्न सांगीतिक कार्यक्रम, रक्तदान जस्ता सामाजिक कार्यक्रमहरु गरिएको र यसपटक भने फरक कार्यक्रम कविता कन्सर्ट गर्ने तयारी भइरहेको प्रालिकी प्रबन्ध निर्देशक हिमाल राईले जानकारी दिइन् ।

कार्यक्रम शुक्रबार साँझ ६ बजेदेखि शुरु हुनेछ । कार्यक्रममा पोइट आइडलका फाइनलिष्ट दार्जिलिङका युवा कवि पलबिबको पनि प्रस्तुती हुनेछ । यस्तै, अर्का फाइनलिष्ट कवि मुनु अधिकारी, वरिष्ठ साहित्यकार कवि बम देवान, कुन्ता शर्मा, सुदिप पाख्रिन, एलियन श्रेष्ठ, इन्दु नेपाल योञ्जन, छविना लुंगेली मगर, राजिव हलवाई, बालकुमारी गुरुङ, बिशालबाबु बस्नेतको कविता प्रस्तुती हुनेछ । संगीतको सुमधुर धुनसँगै धेरै जना कविहरुको कविता वाचनको यो कार्यक्रम धरानमा पहिलो पटक हुन लागेको हो । 

सिमित दर्शक, स्रोतको उपस्थितिमा हुने कार्यक्रममा एक हजार टिकट शुल्क लाग्नेछ । त्यसवापत इन्दु नेपाल योञ्जनको हालै प्रकाशित कविता संग्रह अन्तिम सेलो र बेलुकाको खाना पनि व्यवस्थापन हुने संयोजक पर्वत पोर्तेलले जानकारी दिए । 

भिडियो: