धरान: डाक्टरमाथि अक्रमण गर्नेलाई कारबाही र सुरक्षा माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्ट डाक्टरहरुले आज पनि उपचार सेवा बहिष्कार गरेका छन् । 

जुनियर रेसिडेन्टरहरुले काम छोडेर आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानको ओपिडी ठप्प भएको छ भने गाइनो, बच्चाको इर्मजेन्सी उपचारसमेत प्रभावित हुन पुगको छ । जेआरसँगै मेडकल अफिसरहरुले पनि काम छोड्दा आइसियुमा जनशक्ति अभाव छ भने अप्रेशन पनि हिजो दिउँसोदेखि रोकिएको अस्पताल प्रशासनले जनाएको छ । 

bp doc

जुनियर रेसिडेन्टहरुको भरमा उपचार सेवा प्रदान गर्दै आएको प्रतिष्ठानले आज ओपिडी काउन्टरसमेत बन्द गरायो । जेआरको अभावमा ओपिडी सेवा सुचारु गर्न नसक्ने भएपछि टिकट काउन्टर बन्द गरिएको हो । पोखरास्थित मणिपाल अस्पतालमा डाक्टरमाथि कुटपिट भएको विरोधमा देशभरका जुनियर रेसिडेन्टहरुले आकस्मिक सेवा, पठनपाठनसमेत छोडेर आन्दोलनमा छन् । उनीहरुको आन्दोलनले विरामीहरुको विचल्ली छ । 

जेआरहरुको आन्दोलनले उपचार प्रभावित भएपनि प्रतिष्ठानको अस्पताल निर्देशक र विभागीय प्रमुखहरुबीच छलफल भएको थियो । उक्त बैठकले फलोअपमा आएका विरामीहरुलाई वार्डमा भएपनि उपचार सेवा प्रदान गर्ने समझदारी भएको अस्पताल प्रशासन प्रमुख अशोककुमार साहले जानकारी दिए । 

भिडियो: