धरान: सुजुकीको स्कुटर खरिद गरेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा.राजु रिजालले सुनको सिक्का पनि उपहार पाएका छन् । 

सुजुकीको आधिकारिक बिक्रेता धरान ८ स्थित नवदुर्गा अटो प्यालेसबाट स्कुटर खरिद गरेका डा.रिजालले लक्की ड्र कुपनमार्फत १० ग्राम सुनको सिक्का पनि पाएका छन् । बिहिबार एक कार्यक्रम आयोजना गरि डा.रिजाललाई सिक्का प्रदान गरिएको थियो । वरिष्ठ पत्रकारद्धय राजकुमार कार्की र हर्ष सुब्बाले डा.रिजाललाई सिक्का प्रदान गरेका थिए ।

अटो प्यालेसका सञ्चालक दुर्गा भुजेलका अनुसार स्कुटर खरीद गर्दा डा.रिजालले तत्काल १० हजार छुट पनि पाएका थिए । यस्तै, लक्की ड्र कुपनबाट हरेक १५ दिनमा नेपाल भरिबाट एक जना भाग्यशाली ग्राहकलाई दिइने १० ग्राम सुनको सिक्का पनि डा.रिजाललाई परेको भुजेलले बताए ।

suzuki1

उक्त सुनको सिक्काको मुल्य १ लाख २ हजार ५० रुपैया बराबरको रहेको छ । यो अफर छठ पर्वसम्म रहने पनि भुजेलले बताए । डा. रिजालले दशैंको बेला भाग्यशाली सुनको सिक्का उपहार पाउदा खुशी भएको बताए । कार्यक्रममा पत्रकारद्धय कार्की र सुब्बाले चाडपर्वको शुभकामना पनि दिएका थिए ।