धरान: प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान अवस्थाबारे संसदीय समितिलाई ध्यानाकर्षण गराएकी छिन् ।

सांसद कार्कीले आइतबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि संसदीय समितिमा लिखित पत्र दर्ता गराउदै प्रतिष्ठानको अवस्थाबारे ध्यानाकर्षण गराएकी हुन् । उनले अवरुद्ध भएको बढुवा प्रक्रियाको बिषयमा निकास निस्कन नसकेपछि प्रतिष्ठानका चिकित्सक शिक्षकहरुले राजिनामा दिएको र अस्पतालको सेवा प्रवाहमा गम्भीर असर पुगेकोतर्फ संसदीय समितिको ध्यानाकर्षंण गराएकी छिन् । साथै, समस्या समाधानको लागि यथाशिघ्र पहल गर्न पनि सांसद कार्कीले संसदीय समितिलाई अनुरोध गरेकी छिन् । 

सांसद कार्कीले शिक्षक चिकित्सकरुले स्वास्थ्य मन्त्रीलाई सामुहिक राजिनामा बुझाएपछि पठनपाठन र उपचार संलग्न नभएको पनि उल्लेख गरेकी छिन् । यसले विद्यार्थीहरुको पठनपाठन र परीक्षा प्रभावित बनेको साथै आकस्मिक सेवा, आइसियु, अन्तरंग र बहिरंगका सम्पुर्ण सेवाहरुमा प्रतिकुल असर पुगेर पुर्णक्षमतामा अस्पताल सेवाहरु सञ्चालन हुन नसकेर विरामीहरु सेवाबाट बञ्चित हुनुपरेको पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

संघीय सरकारले अस्पताल अस्तब्यस्त बनाएको भन्दै धरानका मेयरले उक्त अस्पताल आफु अन्तर्गत राख्न माग गरेको र समस्याको समाधान गर्नुपर्ने निकायले आश्चर्यजनकरुपमा मौनता साधेको पनि सांसद कार्कीले उल्लेख गरेकी छिन् । यसअघि, रास्वपाका नेताहरुले दशैं विदा अघि नै प्रतिष्ठानका आन्दोलनरत शिक्षक चिकित्सकहरुसँग पनि छलफल गरेका थिए । उक्त पार्टीका प्रदेश, धरानका नेताहरुले आन्दोलनरत पक्षसँग छलफल गरेपछि पार्टी नेतृत्व एवं सांसदहरुसँग पनि समस्या समाधानको पहलको लागि छलफल गरेका थिए । 

tosima letrtpsima letter