धरान : बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा आज विहान विरामीहरुको आन्दोलन पछि ओपिडी काउन्टर खुल्ने भएको छ ।

शिक्षक चिकित्सकहरुको आन्दोलन र पदाधिकारीहरु काठमाण्डौ गए पछि ओपिडी काउन्टरसमेत आज बन्द थियो । कुनै जानकारी एवम् सूचना विना काउण्टर बन्द भएको भन्दै आक्रोशित विरामी, विरामीका आफन्तजनहरु आन्दोलित बनेका थिए । उनीहरूले अस्पताल प्रशासनमा पनि पुगेर कि अस्पताल सधैको लागि बन्द गर्नुपर्ने कि उपचार सेवा दिनुपर्ने माग राखेका थिए ।

अस्पताल प्रशासनमा पुगेका विरामी र आफन्तहरुसङ्ग प्रहरी, सेक्युरिटी गार्डहरुको केहिबेर लफडा भएको थियो । विरामीहरुलाई अस्पताल निर्देशकको कार्यकक्षमा प्रवेश गर्न नदिदा समस्या भएको थियो । विरामीहरुको आन्दोलन र दबाब पछी करिब साढे १० बजे तिर विभागीय प्रमुखहरुको बैठकले आजलाई ओपिडी काउन्टर खोल्ने सहमति भएको सेक्युरिटी इन्चार्ज सनम राईले जानकारी दिए । भोली ओपिडी काउन्टर खोल्ने वा नखोल्ने बारे आज साझ ५ बजे सूचना जारी गर्ने पनि उनले बताए ।

भिडियो:

भिडियो: