धरान : बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका पदाधिकारी र विभागीय प्रमुखहरुको छलफलमा सहमति नजुटेपछि आज ओपिडी काउन्टर खुलेन । 

ओपिडी काउन्टर नखुलेपछी आज उपचारको लागी आएका विरामीहरु अलपत्र परे । बिहानैदेखी पदाधिकारीहरु र विभागीय प्रमुखहरु बीच छलफल भएपनि ओपिडी खोल्ने कि नखोल्ने बारे सहमति निर्णय गर्न सकेन । सिनेट बैठक हलमा पदाधिकारीहरुसङ्ग सुरुमा विभागीय प्रमुखहरूको बैठक भएको थियो । त्यसपछि प्रोफेसरहरुसङ्गमात्र बैठक भएको थियो ।

प्रोफेसरहरुको बैठक हुँदै गर्दा मेयर हर्क साम्पाङ पनि पुगेका थिए । त्यसपछि भने प्रोफेसरहरु बाहिरीएका थिए । सिनेट सदस्य समेत रहेका मेयर साम्पाङले आन्दोलनकारी र पदाधिकारीहरुबिच बार्ता गराउने प्रयास गरे पनि सफल भएनन् । आन्दोलनकारी शिक्षक कल्याण समाज बार्तामा आउन मानेनन् । पुनः दिउसो २ बजे बार्ता बस्ने भनीएपनि बस्न सकेन ।