धरान: जाजरकोट भुकम्प पीडितहरुलाई राहत सहयोग गर्न नेकपा एमाले धरान उपमहानगर कमिटीले आर्थिक संकलन गरेको छ । 

एमाले धरानले बुधबार बजार क्षेत्रमा वृहतरुपमा सहयोग अभियान गरेको हो । उक्त अभियानबाट ७३ हजार ५४० रुपैया संकलन भएको एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङले जानकारी दिए । उनका अनुसार सहयोग अभियान आज एक दिन मात्र गरिएको हो । तिहार चाड पछि सहयोग अभियानलाई पुनः निरन्तरता दिइने पनि उनले बताए । अध्यक्ष एभेङका अनुसार पार्टी केन्द्रीय कमिटीको निर्देशन वमोजिम सहयोग अभियान सञ्चालन गरिएको हो ।  

अभियानमा प्रदेश १ का पुर्वसभामुख प्रदिपकुमार भण्डारी, प्रतिनिधिसभाका पुर्वसांसद जयकुमार राई, कोशी प्रदेशका वर्तमान सांसद रमेशकुमार बस्नेत र विजयकुमार राई, पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदी पनि सहभागी भएका थिए भने एमालेका प्रदेश, जिल्ला र नगरका नेता, कार्यकर्ताहरु पनि सहभागी थिए । प्रदेशका पुर्वसभामुख भण्डारीले जाजरकोट भुकम्पका पीडितहरुलाई सरकारले तत्काल राहत पुर्याउन आवश्यक भएको बताए । 

भिडियो: