धरान: पेटको क्यान्सरको उपचार गराईरहेका सन्चारकर्मी सन्जिव कोयु राईलाई नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीले आर्थिक सहयोग गरेको छ ।

महासंघले बिहिवार ४१ हजार ५ सय रुपैयाँ सन्चारकर्मी राईलाई सहयोगार्थ रकम हस्तान्तरण गरेको हो । विरामी राई काठमाडौंमा उपचाररत रहेकोले उक्त रकम नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई हस्तान्तरण गरेको छ । उनलाई फोटो पत्रकार महासंघका अध्यक्ष विकास चाम्लिङ राईले हस्तान्तरण गरेका थिए ।