धरान: नेकपा एमालेका पुर्व प्रदेश कमिटी सदस्य तथा मिडिया उधमी, पत्रकार किशोरकुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

कार्कीलाई राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी प्रवेश गराएका हुन् । काठमाण्डौस्थित राप्रपा केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरि कार्कीलाई पार्टी प्रवेश गराइएको राप्रपा नेता लक्मण बस्नेतले जानकारी दिए ।

कार्की ब्लाष्ट टाइम्सका प्रधान सम्पादक प्रकाशक हुन् । उनी एमाले प्रदेश कमिटी सदस्य थिए । गत प्रदेश र संघीय निर्वाचनमा पार्टीले सुनसरी क्षेत्र नम्बर १ मा जसपालाई भगवन्डा गरेपछि कार्की असन्तुष्ट बनेका थिए । उनीसहितको एमाले नेता, कार्यकर्ताहरुले मनोजकुमार मेन्याङबोलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए  ।