धरान: प्रकृती पुजक लिम्बू याक्थुङ्वाहरुको महान चाड चासोक तङ्नामको अवसरमा धरानमा बृहत र्याली निकालीएको छ ।

किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा आज बिहान बृहत र्याली भएको हो । छाताचोकस्थित पुरानो हस्पिटलबाट सुरु भएको र्याली भानुचोक हुँदै धरान १५ स्थित चुम्लुङ हिममा पुगेको थियो ।

20231226_131434र्यालीमा सास्कृतिक झाकी, केलाङसहितको टोली सहभागी भएको थियो । हिजो देखि नै पाँच दिने चासोक तङ्नाम उत्सव सुरु भए पनि आज औपचारिक उद्घाटन हुँदैछ ।

र्याली अघि बिहान चासोक पुजा भएको थियो भने श्रीजङ्गाको सालिकमा माल्यान्पर्ण गरिएको थियो । चुम्लुङले यसपाली चासोकलाई कोशी प्रदेश नामाङ्कन खारेज गर्न माग गर्दै मनाउदैछ । प्रदेशको नाम पहिचानको आधार, इतिहास, सभ्यताको आधारमा राखिनुपर्ने माग चुम्लुङ्को रहेको छ ।

20231226_131622