धरान: तेस्रो अशोक वास्फोर स्मृति बास्केटवल प्रतियोगिताको चौथो दिन भएको खेलमा बिराटनगर, ब्रदस, बिर्तामोड, मिराकल, इमोर्टल र यलम्बर क्लब बिजयी भएको छ ।

डायनामिक युथ क्लवको आयोजनामा लिग कम नकाउटको आधारमा प्रतियागिता जारी छ । प्रतियोगिताको मङ्गलबार भएको खेलमा बिराटनगरले इटहरीलाई ४०-३३, ब्रदर्शले रेड डेभिल्सलाई ८०-४१, बिर्तामोडले धनकुटालाई ६६-४२, मिराकलले तरहरालाइ ६८-५०, इमोर्टलले चक्रपथलाई ८३-५६ र यलम्बरले होराइजनलाइ ७४-५२  अंकको अन्तरले पराजित गरेको हो ।

 खेलमा बिराटनगरका सुरज बस्नेतले १७, ब्रदसका कबिन मगरले २१, धनकुटाका कैलाश लिम्बू २६, मिराकलका साहिल तामाङ र इमोर्टलका निकेस मगरले समान ३९ अंक र यलम्बरका दिवस राईले ब्यक्तिगत ३३ जोडेका थिए । प्रतियोगिताको सम्पुर्ण खेल धरान रंगशाला स्थित इन्डोर बास्केटवल कोर्टमा भइरहेको छ।

प्रतियोगिताको विजेताले नगद ६० हजार रुपैया, उपविजेताले नगद ३० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडिले नगद ११ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा धरान, इटहरी, तरहरा, झापा, मोरङ, धनकुटा, काठमाण्डौ गरि १२ टिमले सहभागिता जनाएको छ ।